शनिबार, २९ वैशाख २०८१

एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’ योजना,अन्तराष्ट्रिय कल प्रतिमिनेट मात्र २.५० रुपैयाँ

समयपोष्ट २०७४ असार ९ गते ४:५६

ऐनसेलले 'इन्टरनेशनल कल प्याक' योजना सार्वजनिक गरेको छ ।योजना अन्र्तगत एनसेलका पि्रपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहितमात्र २ रुपैयाँ ५० पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।

Advertisement

शुक्रबारदेखि लागु हुने यस कल प्याक योजना अन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित रु २५ मा १० मिनेट अन्र्तराष्ट्रिय टक टाइमको फाइदा लिन सक्नेछन् ।

यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सस्तो मुल्यमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ । 

प्याक सुचारु गर्न ग्राहकले एस्टि्रक्स १७१०७ ह्यास डायल गरी निर्देशन अनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार यो प्याकजति पटक पनि लिन सक्नेछन् ।

प्याक अन्तर्गत अन्तर्राष्ट्रिय कलको लागि प्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कल गर्दा लाग्ने विद्यमान शुल्क लाग्नेछ । ग्राहकले विभिन्न देशका लागि लाग्ने कलको शुल्क एनसेलको आधिकारीक वेबसाइटमा गएर हेर्न सक्नेछन् ।

Advertisement

यस इन्टरनेशनलकल प्याकमा उपलब्ध टक टाइम २४ घण्टाको लागि मान्य हुनेछ । यस प्याकको लागि पल्स रेट ३० सेकेण्डको रहनेछ र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमकोे जानकारी लिनका लागि एस्टि्रक्स १०१ ह्यास डायल गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री