शनिबार, ८ वैशाख २०८१

कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्य फरार

समयपोष्ट २०७४ असार ८ गते ४:३६

अख्तियार दुरुपयोग अन्सन्धान आयोगले कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्यलाई देखेमा खबर गर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

Advertisement

आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई देखेमा खबर गर्न भन्दै सूचना जारी गरेको हो ।

 अख्तियारद्धारा बिहीबार जारी सुचनामा उनीहरुलाई भेटे आयोगको हटलाइन १०७ मा वा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । 

अख्तियारले आयोगका अध्यक्ष महत र सदस्य ढकाललाई आयोगमा उपस्थित हुन पत्र काटेको थियो । उनीहरु अख्तियारमा हाजिर भएका छैनन् । 

अख्तियारले आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका प्रमुख चुडामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री