शुक्रबार, १४ वैशाख २०८१

सानिमाको नबिकेको सेयर लिलामीमा ,असार १५ देखि २२ सम्म आवेदन दिन सकिने

समयपोष्ट २०७४ असार ७ गते ७:१३

सानिमा बैंकले सर्बसाधारणतर्फ नबिकेको २ लाख ११ हजार ४७ कित्ता हकप्रद सेयर लिलामबाट बिक्री गर्ने भएको छ । 

Advertisement

बैंकले नबिकेको २ लाख ११ हजार ४७ कित्ता सेयर खरीदका लागि असार १५ देखि २२ सम्म बोलपत्र आह्वान गरेको छ । बैंकले न्युनतम १०० कित्ता तथा न्युनतम १०० रुपैयाँमा बोलपत्र आह्वान गरेको हो  ।

बैंकले चुक्ता पूँजीको ३० प्रतिशत हुन आउने एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद बैशाख १७ देखि जेठ २१ सम्म बिक्री खुल्ला गरेको थियो ।

बोलपत्र असार २३ गते दिउसो २ बजे सिविआएल क्यापिटल डिल्लिबजारबाट खोल्ने बैंकले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री