बिहीबार, १३ वैशाख २०८१

प्रभु इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम

समयपोष्ट २०७४ असार ७ गते ६:३३

प्रभु इन्स्योरेन्स कम्पनीले लिलामी राखेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले ४८ हजार १२२ कित्ता सेयर लिलामीमा राखेको छ ।

Advertisement

कम्पनीले संस्थापक समूहको ५ हजार ३३४ कित्ता र सर्वसाधारण समूहको ४२ हजार ७ सय ८८ कित्ता सेयर प्रतिकित्ता १०० अंकित सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको हो ।

लिलाममीको सेयर खरिद गर्न चाहाने लगानीकर्ताले असार ७ गतेसम्ममा शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । असार ८ गते सेयर बाँडफाँड हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री