बिहीबार, २७ वैशाख २०८१

मोवाइल पेमेन्ट सिस्टम संचालन गर्ने अनुमति प्रभु टेक्नोलोजीलाई

समयपोष्ट २०७४ असार ६ गते ६:२१

नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि मोवाइल पेमेन्ट सिस्टम संचालन हुने भएको छ ।  नेपाल दुरसंचार प्राधिकरण र नेपाल राष्ट्र बैंंकको लामो समयको अध्ययन र गृहकार्यपछि यो प्रकृया अघि बढेको हो । 

Advertisement

यससंगै नेपाल राष्ट्र बैंकले पहिलोपटक मोवाइल पेमेन्ट सिस्टम संचालनका लागि प्रभु टेक्नोलोजीलाई लाइसेन्स प्रदान गरेको छ ।  प्रभु टेक्नोलोजीले यो सेवा संचालनको लागि पहिलो लाइसेन्स प्राप्त गरेको हो । तर  यो सेवा लिनको लागि भने केही महिना अझै लाग्नेछ । 

यसले नगद रहित कारोबारको आवश्यकतालाई सहजिकरण गर्ने छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई यो प्रविधिले अन्त्य गर्ने विश्वास लिइएको छ । अहिले एटिएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने अबस्था छ । तर मोवाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यबस्था भित्राउने छ । यसबाट अब नेपालमा पनि मोवाइलमै पैसा बोकेर हिड्न मिल्ने भएको छ ।

ग्राहकले मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नेछन् । यो सेवाका लागि करिव १ बर्षदेखि राष्ट्र बैंकले गृहकार्य गरेको थियो । विदेशी प्रविधिलाई नेपाल भित्राएपछि यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुने भएको हो । यस प्रकृया अनुसार मोवाइलबाटै सबै कुराको पेमेन्ट हुन्छ ।

 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री