शुक्रबार, १६ चैत २०८०

नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्बभन्दा बढी लगानी गर्ने

समयपोष्ट २०७४ असार ५ गते ९:५०

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्बभन्दा बढी लगानी गर्ने सहमति गरेको बताएका छन् ।सोमबार दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश फर्केका कार्कीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बैंकले यो वर्षभित्रै तराईको ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब र काठमाडौं उपत्यकाको विद्युत सुधारका लागि १० अर्ब रकम उपलब्ध गराउने सहमति गरेको जानकारी दिए । 

Advertisement

अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एशीयाली पूर्वाधार लगानी बैंक धेरै इच्छुक देखिएको समेत बताए ।   

बैंकले काठमाडौंको सामाकोसी-टोखा सडक स्तरोन्नतिका लागि २२ अर्व, पोखरा-बेनी-जोमसोम सडक विस्तारका लागि १६ अर्व, तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अर्व रकम उपलब्ध गराउँदै जाने समझदारी पनि गरेको छ । 

चीनको अग्रसरतामा स्थापना भएको एशीयाली पूर्वाधार लगानी बैंक अतिकम विकसित र अल्पविकसित मुलुकहरुको पूर्वाधार विकास गर्ने लक्ष्यका साथ स्थापना गरिएको बैंक हो । यसमा चीन, बेलायत र क्यानडा सरकारको विशेष लगानी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री