शनिबार, ८ वैशाख २०८१

एसइईको नतिजा सार्वजनिक हुँदै

समयपोष्ट २०७४ असार २ गते ३:३३

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा सार्वजनिक गर्दैछ । 
परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्न सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।आज बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्न अहिले बोर्ड बैठक बसिरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को यो पहिलो नतिजा हुनेछ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री