शनिबार, ८ वैशाख २०८१

नयाँ स्टक एक्सचेञ्ज थप्ने धितोपत्र बोर्डको भनाइमा अर्थमन्त्रालय र राष्ट्र बैंकको खण्डन

समयपोष्ट २०७४ जेठ २५ गते १०:५७

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उत्पादनमुलक उद्योगहरुलाई पूँजी बजारमा ल्याएर पूँजी बजार विस्तार गर्नुपर्ने बताएका छन् ।

Advertisement

‘उत्पादनमुलक उद्योगले समेत सेयर निष्कासन गर्न सके पुँजी बजारको विस्तार मात्रै हुँदैन, संस्थालाई समेत अनुशनसन कायम गर्न सहज हुनेछ,’ बोर्डको रजतजन्तीका अवसरमा बिहीबार राजधानीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले भने ‘त्यसैले अब हामी त्यो क्षेत्रलाई पनि समेटेर अघि बढ्नुपर्छ ।’

मन्त्री कार्कीले नेपाल धितोपत्र बोर्डले नियमनकारी निकयका रुपमा चालेका कदमले सर्वसाधरणलाई कम्पनीको मालिक बनाउनुको साथै बचत गर्ने संस्कारको पनि विकास गराएको बताए । उनले प्राथमिक निष्काशनमा आवेदन गर्ने सबैलाई कम्तिमा १० प्रतिशत शेयर दिने बोर्डको निर्णयले सर्वसाधरणमा बचत गर्ने, संकलित रकम उच्च प्रतिफल दिने कम्पनीमा लगाउने बानी तथा संस्कारको विकास गराएको बताए । 

उनले बढ्दो पुँजी बजार र धितो पत्र बजारलाई नियमन गर्न अन्तर्राष्ट्रियस्तरमा विकसित उच्च प्रविधि अवलम्बन गर्दै गुणस्तरीय सेवा संचालनका लागि अलग्गै भवन हुनुपर्ने बोर्डको मागप्रति सरकार सकारात्मक रहेको पनि बताए । 

धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले अहिले बोर्डले ४१५ वटा संस्थालाई नियमन गरिरहेको जानकारी दिए। बजारको आकार निरन्तर रुपले बढिरहँदा नयाँ स्टक एक्सचेञ्जको आवश्यकतामा पनि सकारात्मक तवरले सोच्न उनले अनुरोध गरे।

कर्यक्रमलाई संबोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले अहिले संचालनमै रहेको नेपाल स्टक एक्सचेन्ज, नेप्सेको बिकास र स्तरोन्नति गर्नु पर्नेमा जोड दिएका छन।

उनले पुंजी बजारको सुधारका लागि  धितोपत्र बोर्ड र नेप्सेको सम्बन्ध सुमधुर हुनु पर्ने बताएका छन। धितोपत्र बोर्ड नियमन निकाय भएकाले नेप्सेले बोर्डको कुरा मान्नु पर्ने बताउदै गभर्नर नेपालले पनि नेप्सेलाई निजीकरण गर्न आफुहरु लागिपरेको बताए। ुनेप्सेको विकल्प अर्को स्टक एक्सचेन्ज होइन, बरु अहिले कै नेप्सेलाई बिकास तथा सुधार गर्नु आवश्यकता होु उनले भने। 

समग्र अर्थतन्त्रको सुधारका लागि पुंजी बजारको बिकास आजको पहिलो आवश्यकता रहेको र अहिले कायम नेप्सेलाई नै सुधार गरेर अगाडी बढ्नु पर्नेमा गभर्नर नेपालले जोड दिए।  विश्वका अन्य देशहरु भरहेका स्टक एक्सचेन्जलाई मर्ज गरेर बलियो बनाउने बाटोमा लाग्दा नेपालमा अर्को स्टक एक्सचेन्ज खोल्दा पुंजी बजार नै भताभुङ्ग हुने उनको तर्क छ। 

अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले नेपालमा कति वटा स्टक एक्सचेन्ज ल्याउने भन्ने आफ्नो चाँसोको बिषय नभएको तर संचालनमा रहेको नेप्सेको के गर्ने भन्ने कुरा नियमन निकायले बिर्सिन नहुनेमा जोड दिए। 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री