शनिबार, ८ वैशाख २०८१

नेप्से १४.२४ अंकले ओरालो लाग्यो

समयपोष्ट २०७४ जेठ २४ गते ९:५५

नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि मंगलवार ३८ अंकले बढेको सेयरबजार परिसूचक नेप्से बुधबार भने १४.२४ अंकले घटेर १६२३.१३ आईपुगेको छ। 
यसदिन १४९ कम्पनीको ७६ करोड ४७ लाख बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १५ करोड कम हो ।
यसदिन सेयरबजारमा उत्पादन बाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी विमा समूह ११५ अंकले ओरालो लागेको छ । फाइनान्स र अन्य समूह सामान्य घटेका छन भने वाणिज्य बैंक, विकास बैंक, होटल तथा जलविद्युत समूह पनि दोहोरो अंकले झरेको छन ।
यसदिन सबैभन्दा धेरै स्ट्याण्र्डड चार्टर्ड बैंकको ९ करोड ४१ लाख बराबरको कारोबार भयो । बजार घटेपनि आरएसडिसी र वल्र्ड मर्चेन्ट फाइनान्सको सेयरमूल्य दश प्रतिशतका दरले बढेको छ ।
बुधबारको बजारमा विजय लघुवित्त र सगरमाथा फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै पाँच प्रतिशत बढीले ओरालो लागेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री