शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्रीसँगै तीन उप-प्रधानमन्त्री र ४ मन्त्रीले लिए सपथ

समयपोष्ट २०७४ जेठ २४ गते ८:५३

प्रधनमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रमकामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । उनले इश्वरका नाममा सपथ लिएका थिए ।

Advertisement

राष्ट्रपति कार्यालयमा आयोजित औपचारिक समारोह लगत्तै देउवा मन्त्रिपरिषदका अन्य सदस्यले पनि सपथ ग्रहण गरे। उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् । देउवाले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका छन् ।

देउवाको मन्त्रिमण्डलमा  तीन उप प्रधानमन्त्री छन्। विजय कुमार गच्छदारले उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री, कृष्णबहादुर महराले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री, गोपालमान श्रेष्ठले उपप्रधानमन्त्री तथा शिक्षा मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै ज्ञानेन्द्र बहादुर कार्कीले अर्थ मन्त्री, जनार्दन शर्माले गृह मन्त्री, फरमुल्ला मन्सुरले श्रम तथा रोजगार मन्त्री र प्रभू शाहले विना विभागयि मन्त्रीको जिम्मेवारी पाएका छन् । 
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानन्त्रीहरु निवर्तमान मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री