शुक्रबार, १४ वैशाख २०८१

बुटवल पावरले तोक्यो एफपीओको नयाँ मूल्य, ५१८ रुपैयाँमा निष्काशन गर्ने प्रस्ताव

समयपोष्ट २०७४ जेठ २३ गते १२:३१

बुटवल पावर कम्पनीले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्नका लागि नयाँ मूल्य प्रस्ताव गरेको छ । 
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले अंकित मूल्य एक सय रुपैयाँमा प्रिमियम बापत ४१८ रुपैयाँ थपगरी प्रतिकित्ता ५१८ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशनका गर्देछ । जसमध्ये ५ प्रतिशत बराबर अर्थात आँधिखोला जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई २ लाख ४ हजार ५० कित्ता छुट्याएको छ ।
यसअघि कम्पनीले प्रिमियम सहित ४७० रुपैयाँमा एपपीओ जारी गर्ने प्रस्ताव गरे पनि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार धितोपत्र मुल्याकंनकर्ताबाट प्राप्त सुझाबको आधारमा मूल्य प्रस्ताव गर्ने व्यवस्था आएपछि नयाँ प्रस्ताव ल्याएको हो । 
कम्पनीले एफपिओ बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल तथा लक्ष्मी क्यापिटललाई दिई सकेको छ ।एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गरिने बताइएको छ । 
कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषण गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री