शनिबार, १५ वैशाख २०८१

मुसाबाट अर्वपति बनेका वाल्ट डिजनी,मिकी माउसबारे केहि रोचक तथ्य (फोटोफिचर)

समयपोष्ट २०७४ जेठ १९ गते ८:०९

८८ बर्ष पहिले ३१ मे १९२९ को दिन मिकी माउस पहिलोपटक दुनियाँको सामु सार्वजनिक गरिएको थियो । वाल्ट डिजनीको कारोवार संसारको सबैभन्दा सफल कारोवारीमा हुँनेगर्छ । डिजनीले प्राप्त गरेको सफलता पछाडी उनले कयौँ असफलताहरुको सामना गरेका छन् । कुनै समय एकछाक खानको लागि पैसा नभएका उनलाई मुसाको एक क्यारेक्टरले लोकप्रिय बनायो ।

Advertisement

 डिजनीको संघर्ष

डिजनीले १९ बर्षको उमेरमा कार्टु बनाउँने कम्पनीको सुरुवात् गरे । कम्पनीले एउटा पनि कार्टुन बेच्न सफल नभएपछि उनी साथीको घरमा साहारा लिन पुगे । उनले चरम आर्थिक संकटको सामना गर्नुपर्यो । २२ बर्षको उमेरसम्म आईपुग्दा उनी बैंकको ऋण तिर्न असमर्थ भए । त्यसपछि उनी ब्यवसाय गर्न भन्दा जागिर खोज्न भौतारिए । उनले याक्टिंगतिर पनि आफुलाई मोड्ने कोशिश गरे तर उनलाई त्यो अवसर मिलेन । त्यसपछि उनी एक समाचारपत्रमा काम गर्न थाले । समाचारपत्रका सम्पादकले उनीमा कल्पनाशिलता नभएको भन्दै जागिरबाट निकालिदिए । 
केही समयपछि डिज्नीले हलिउडमा हात हाले । एक ग्यारेजलाई स्टुडियोको रुपमा तयार गरेर काम अघि बढाए । त्यसपछि उनले सर्ट एनिमेटेड मुभि एलिस इन वनडरल्याण्ड र ओस वाल्ड द रेबिट निमार्ण गरे जुन मानिसहरुले निकै रुचाए । त्यसपछि उनले आफुभित्र सफलता देख्न थाले । तर सोही समय १९२८मा केही प्रमुख कार्टुनिष्टहरुले उनको साथ छाडिदिए । केही कार्टुनिष्टहरुले साथ छोडे पनि हरेस नखाई उनले नयाँ क्यारेक्टरमा काम गर्न थाले ।

20150825195012-walt-disney-land-resortf

सुरुवात्मा कुकुर र बिरालोलाई लिएर काम गरेका उनलाई त्यो क्यारेक्टर चित्त बुझेन ।  त्यसपछि उनले भ्यागुता, गाई र घोडाको प्रयोग गरे जुन रिजेक्ट भयो । भ्यागुतालाई भने फ्लिप द फर्ग सिरिजमा प्रयोग गरियो । कंसासको स्टुडियोमा उनले टेवलमा एउटा मुसा माथि चढ्दै गरेको देखे । त्यसपछि उनलाई मुसामा आधिारित क्यारेक्टर बनाउँने सोच आयो । १९२५ चर्चित आर्टिस्ट हग हरमनले डिज्नीको फोटोग्राफमा मुसाको केही स्केच तयार गरेर दिएका थिए । यो सब देखेका डिजनीका एनिमेटर्सहरुले मिकी माउसको क्यारेक्टर तयार गरे । जुन अहिले संसारभरी निकै लोकप्रिय बनेको छ । 

C15HER Magic Kingdom, Disneyworld, Disney World, Orlando, Florida, USA  
मिकी माउसंग जोडिएको केही तथ्य
३१ मे १९२९ को दिन मिकी माउसको कार्टुन कानिर्भल किड रिलिज भएको थियो । त्यसै दिन मिकीले आवाज प्राप्त गरेका थिए । मिकीको पहिलो फिल्म १८ नोभेम्वर १९२८मा रिलीज भएको थियो । सुरुवातको समयमा कयौँ पटक डिज्नीले मिकीलाई आवाज दिएका थिए । तर भ्वाइर्सओभरमा सबैभन्दा बढी लोकप्रियता व्याने अल्विनलाई मिल्यो । अल्विनले मिकी माउसमा तिस बर्ष १९७७ देखि २००९सम्म आवाज दिए । त्यसैगरी अल्विनकी श्रीमती रुसी टेलरले पनि मिनी माउसलाई आवाज दिएकी छिन् । 
एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री