डिशहोमको विश्वकप अफरः ग्राहकलाई ३ महिनासम्म निःशुल्क सुविधा

डिटिएच टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ ।

Advertisement

ग्राहकले आकर्षक लाभसहित विश्वकपका खेलहरू उच्च गुणस्तरमा हेर्न पाउन भनी यो प्याकेज ल्याइएको हो ।

यो योजनाअनुसार डिटिएच तथा आइपिटिभि कम्बो सेवाका ग्राहकले ६ वा १२ महिनाको प्याकेज रिचार्ज गर्नुपर्ने हुन्छ । त्यसपछि ९ सय ९९ रुपैयाँमा विश्वकप सिजन पास खरिद गर्दा थप ३ महिनासम्मको निःशुल्क सदस्यता सुविधा पाइनेछ ।

Advertisement

यो विशेष योजना सन् २०२६ जुन १ देखि जुलाई २१ सम्म मात्र लागू रहने कम्पनीले जनाएको छ । विश्वकपका कुल १ सय ४ खेलहरू हिमालय स्पोट्र्स च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुने तय भएको छ ।

ग्राहकले ती खेलहरू डिशहोमका विभिन्न सेवा प्लेटफर्महरू डिटिएच, आइपिटिभि, डिगो, केबल टिभि तथा टिटु टिभिमार्फत हेर्न सक्नेछन् । विश्वकै प्रतिष्ठित खेलकुद महोत्सवमा ग्राहकलाई किफायती र उत्कृष्ट मनोरञ्जन दिन यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

इच्छुक ग्राहकले नजिकको डिशहोम डिलर वा आधिकारिक वेबसाइटमार्फत सिजन पास खरिद गरेर यो लाभ लिन सक्नेछन् । थप जानकारीका लागि ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री