शनिबार, १ कार्तिक २०८२

ग्वार्को फ्लाईओभर सञ्चालनमा आउँदै, असार ६ गते प्रधानमन्त्रीले उद्घाटन गर्ने

समयपोष्ट २०८२ असार २ गते ११:४०


ललितपुरको ग्वार्कोस्थित बहुप्रतीक्षित फ्लाईओभर आगामी चार दिनपछि सञ्चालनमा आउने भएको छ। प्रमुख संरचना निर्माण कार्य सम्पन्न भएसँगै अब सवारी साधन सञ्चालनको अन्तिम तयारी भइरहेको सडक विभागले जनाएको छ।

Advertisement

यो परियोजना काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापनमा महत्वपूर्ण ठानिँदै आएको छ। फ्लाईओभर सञ्चालनमा आएपछि समय, इन्धन र श्रमको बचत हुने अपेक्षा गरिएको छ, जसले समग्र आर्थिक गतिविधिमा सकारात्मक असर पार्नेछ।

आगामी असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनलगत्तै फ्लाईओभरबाट सवारी सञ्चालन सुरु गरिनेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गत शनिवार स्थल निरीक्षण गरी सम्बन्धित निकायलाई शीघ्र सवारी सञ्चालनको तयारी गर्न निर्देशन दिएका थिए।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार फ्लाईओभरको मुख्य संरचना निर्माण सकिएपछि लेन सेपरेटर, लाइनिङजस्ता कार्य पनि अन्तिम चरणमा पुगेका छन्।

Advertisement

फ्लाईओभर सञ्चालनपछि ललितपुरको ग्वार्को क्षेत्र, सातदोबाटो हुँदै कोटेश्वर तथा एकातर्फ लगनखेल–पाटन मार्गको ट्राफिक प्रवाह सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री