जोशी हाइड्रोले पायो हकप्रद शेयर निष्कासनका लागि अनुमति
समयपोष्ट
२०८२ जेठ २६ गते २२:०९
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएकाे छ ।
नेपाल धितोपत्र बोर्डले साेमबार जोशी हाइड्रोपावरलाई अनुमति दिएकाे हाे ।
कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि मङ्सिर २० गते बोर्डमा निवेदन दिएको थियाे।
हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रूपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँट पछि कम्पनीको पूँजी ६१ करोड २८ लाख १० हजार रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया