शुक्रबार, १४ वैशाख २०८१

नेप्सेमा ७ कम्पनीका १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत

समयपोष्ट २०७५ असार ८ गते ७:०१

नेपाल स्टक एक्स्चेञ्जमा कूल १ करोड ५५ लाख चार हजार ४६७ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार दुई इन्स्योरेन्स, २ विकास बैंक, २ लघुवित्त र १ फाइनान्सको गरि कूल १ करोड ५५ लाख चार हजार ४६७ कित्ता सेयर सूचीकृत भएको हो ।

Advertisement

बिहीबार नेप्सेमा फस्ट माइक्रोफाइनान्सको २२ लाख ८१ हजार ३ सय १३ हकप्रद , कामना सेवा विकास बैंकको ३० लाख ९४ हजार १ सय ५४ कित्ता हकप्रद, सिन्धु विकास बैंकको ५ लाख ३५ हजार ३ सय १ कित्ता हकप्रद , एशियन लाइफको ४० लाख २७ हजार ९ सय ६६ कित्ता हकप्रद, नेको इन्स्योरेन्सको ३९ लाख २० हजार ९ सय २८ कित्ता हकप्रद, र सेन्ट्रल फाइनान्सको २१ लाख ४७ हजार ५ कित्ता हकप्रद सूचीकृत भएका छन् । यसैगरी नेरुडे लघुवित्तको ३ लाख ९७ हजार ८ सय कित्ता बोनस सुचिकृत भएको छ ।

नेरुडे लघुवित्तले चुक्ता पूँजीको १३ प्रतिशत बोनस वितरण गरेको थियो । नेको इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स र सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गरेका थिए । सोही सेयर बिहीबार सूचीकरण गराएका हुन् । सिन्धुले भने हकप्रदमा अवितरित सेयर दोस्रो चरणमा सूचीकृत गराएको हो । कामना सेवाले चुक्ता पूँजीको १५ प्रतिशत र सिन्धु विकास बैंकले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री