बुधबार, २६ वैशाख २०८१

साढे ३३ केजी सुन प्रकरण : अर्का एक व्यवसायी पक्राउ

समयपोष्ट २०७५ असार ८ गते ५:०६

साढे ३३ केजी सुन तस्करी प्रकरणमा अर्का एक व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्ट व्यवसायी अकवर शाह रहेका छन् । उनी बिहीबार काठमाडौँबाट पक्राउ परेका हुन् ।

Advertisement

सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा लिईएको सुन तस्करी तथा सनम हत्या अनुसन्धान गर्न गठित समितिले जनाएको छ । शाहलाई सार्वजनिक अपराध मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरिएको छ ।

शाहले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले समिति समक्ष छिरीङसँग मिलेर अबैध सुनको कारोबार गरेको तर साढे ३३ किलो सुन तस्करीमा आफू संलग्न नरहेको बयान दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री