प्रियंकाको भाउ १२ करोड
समयपोष्ट
२०७५ असार ३ गते ८:०४
बलीउड अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ का लागि १२ करोड भारतीय रुपैयाँ शुल्क पाउने भएकी छिन् ।
प्रियंका चाँडै नै सलमानका साथ फिल्म ‘भारत’ मा काम गर्दैछिन् । प्रियंका अन्तराष्ट्रिय स्टार बनिसकेकी छिन् ‘कान्टिको’ माध्यमबाट उनी अमेरिकाका घर–घरमा पुगेकी छिन् । लामो समयपछि उनी फिल्म ‘भारत’ मार्फत बलीउडमा आएकी छिन् । उनले हलीउडमा पनि काम गरिन् ।
फिल्म ‘भारत’ का लागि प्रियंकालाई महंगो रकम तिरिएको छ । प्रियंकाको टीमले फिल्म ‘भारत’ का लागि १४ करोड भारतीय रुपैयाँ माग गरेको थियो । पछि १२ करोडमा डील भयो । लगभग यत्ति नै रकम दीपिका पादुकोणको पद्यावतका लागि दिइएको थियो ।
प्रतिक्रिया