सोमबार, १३ असार २०७९

कहिले बाँडफाँट हुँदैछ दोर्दी खोलाको आइपिओ ?

समयपोष्ट २०७९ असार ७ गते १४:०१

Advertisement

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बुधबार बिहान ९ बजे बाँडफाँट हुने भएको छ।

आईपीओ भोलि बिहान ९ बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो ।

कम्पनीको आइपीओमा १५ लाख ५९ हजार ५८ आवेदनबाट एक अर्ब ७८ करोड ७५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ता शेयरको लागि आवेदन परेको थियो। यसमा केहि आवेदन रद्द भएका छन्। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता शेयरको ८.८५ गुणा बढी हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

Advertisement

त्यसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै वितरण हुनेछ ।

माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख १ हजार ९८६ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन्। बाँकी आवेदकको भने हात खाली हुने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री