यी उमेर समुहका ब्यक्तिलाई कालो ढुसीको उच्च जोखिम
समयपोष्ट
२०७८ जेठ २० गते १५:५७
नेपालामा कोरोना भाइरस संक्रमित निको हुँने दर बढ्दै गर्दा भाइरस पुष्टि भइसकेकाहरुमा कालो ढुसी (म्युकरमाइकोसिस)को समस्या समेत बढिरहेको छ ।
हालसम्म नेपालामा १० जना संक्रमितलाई कालो ढुसीको समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए । डा.पौडेलका अनुसार कालो ढुसी (म्युकरमाइकोसिस)को समस्या ४५ देखि ६५ वर्ष उमेर समुहमा देखिएको छ ।
यो संक्रमण कोरोना भाइरस जस्तो अरु व्यक्तिलाई नसर्ने पनि उनले बताए । विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई यसको जोखिम उच्च रहन्छ ।
प्रतिक्रिया