
विवेकशिल साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको भेन्टिलेटरमा नै उपचार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका
थापाको गम्भिर अवस्थामा भेन्टिलेटरसहित एक्मो प्रविधिबाट मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ।
कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन । कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको थियो ।









प्रतिक्रिया