शुक्रबार, ४ जेठ २०८१

पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माण गर्न भारत सरकारद्वारा ३.७२३ करोड आर्थिक सहयोग प्रदान

समयपोष्ट २०७७ असार १ गते १९:१२

Advertisement

सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारत मैत्रीः विकास साझेदारी अन्तर्गत अनुदान दिइने बताइृएको छ ।
यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । पशुपतिनाथ मन्दिरमा पाल्नु हुने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाई सुविधा निर्माण गर्न यस परियोजना अन्तर्गत भारतले नेरु. ३.७२३ करोड आर्थिक सहयोग प्रदानगरेको हो ।

परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्नेछ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ ।

Advertisement

काठमाडौंमा अवस्थित पशुपतिनाथ मन्दिर नेपालको सबैभन्दा ठूलो मन्दिर परिसर हो र बागमती नदीको दुवैतिर फैलिएको छ जहाँ हरेक दिन हजारौंको संख्यामा भक्तजनहरु आउँछन् । सन् २०१४ अगस्ट महिनामा दुवै सरकारले सहमति गरेको सरसफाई परियोजनाले पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक सुविधाहरुको स्तरोन्नतिका लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाइने भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री