सोमबार, १७ वैशाख २०८१

सुशान्त सिंह राजपुतले किन गरे आत्महत्या ?

समयपोष्ट २०७७ जेठ ३२ गते १८:२३

Advertisement

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको हो । भारतको पटनामा सन् १९८९ जनवरी २१ मा जन्मिएका यी नायकले टेलिभिजनमा पनि हिट सिरियल दिएका छन् ।

सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् ।सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए । टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा काम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री