सोमबार, १७ वैशाख २०८१

नबोलाईकनै पार्टीमा पुगिन् राखी, यस्तो हर्कत देखाएपछि थप्पड हान्नुको सट्टा मिकाले गरिदिए किस

समयपोष्ट २०७७ जेठ ३१ गते ९:५१

Advertisement

मिका सिंहको वास्तविक नाम अमरिक सिंह हो । घरको माहौल साङ्गीतिक भएका कारण उनको रुझान यसैतर्फ ढल्कियो ।

२१ वर्षमा उनको पहिलो एल्बम ‘सावन मे लग गइ आग’ लञ्च भएको थियो ।मिका सिंहले हिन्दी फिल्मका लागि थुप्रै शानदार गीत गाएका छन् । यद्यपि, उनको नाम थुप्रै विवादसँग पनि जोडियो । यीमध्ये राखी सावन्तसँग जोडिएका किस्सा निकै चर्चित रह्यो ।वास्तवमा सन् २००६ मा मिका सिंहको जन्मदिनमा राखी सावन्त पनि पुगेकी थिइन् ।

त्यहाँ मिकाले उनलाई चुम्बन गरेका थिए । राखीले मिकामाथि जबर्स्ती चुम्बन गरेको आरोप लगाएकी थिइन् र अत्यधिक भड्किएकी थिइन् ।यद्यपि, यो घटनाको थुप्रै वर्षपछि मिकाले एक अन्तर्वार्ताको क्रममा उनले राखीलाई चुम्बन गर्नुको कारणबारे पनि जानकारी दिएका थिए ।मिकाका अनुसार सङ्गीत निर्देशक अशिष शेरवुडसँग राखी नबोलाइकनै उनको पार्टीमा उपस्थित भएकी थिइन् ।

मिकाले बताए अनुसार राखी ओभर फ्रेन्डली भइरहेकी थिइन् । राखीले अनुहारमा केक लगाउने कोसिस गरिन् । आफूले अस्विकार गर्दासमेत उनले नमानेको मिकाले बताए ।मिकाका अनुसार राखीलाई पाठ पढाउनका लागि उनलाई सबैको अगाडि चुम्बन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री