सोमबार, १७ वैशाख २०८१

सबैले भनेका थिए सैफसँग विवाह गरे पछुताउनेछौ : करीना कपुर

समयपोष्ट २०७७ जेठ ३१ गते ९:२५

Advertisement

 

बलिउडकी चर्चित अभिनेत्री करीना कपुरको एक पुरानो भिडियोले अहिले पुन: चर्चा पाएको छ । सैफ अलि खानसंगको विवाह बारे गरिएको कुराकानी उक्त भिडियोमा देख्न सकिन्छ ।

यो भिडियो करण जोहरको कार्यक्रम कफी विद करणको हो जसमा करिना प्रियंका चोपडासँग पाहुना बनेर पुगेकी थिइन् । जब करण जोहरले उनको र सैफ अली खानको विवाहबारे प्रश्न सोधे तब नायिकाले आफूलाई धेरैले सैफसँग विवाह नगर्न सुझाव दिएको बताइन् । कतिले त उनीसँग विवाह गरेपछि निम्तिने सम्भावित परिस्थितीका लागि पनि चेतावनी दिएको उनले बताइन् ।

नायिकाले भनिन्, ‘जब मैले सैफसँग विवाह गर्ने निर्णय गरेँ तब धेरैले मलाई यस्तो नगर्न भने । उनीहरुले सैफ पहिले नै विवाहित भएको र उनका दुई सन्तान भएको पनि मलाई बताए । ‘उनको सम्बन्धविच्छेद भएको छ, के तिमी साँच्चै नै यस्तो गर्न चाहन्छौ ?’ धेरैले उनलाई भने । कतिले त सैफसँग मैले विवाह गर्दा मेरो करियर नै ध्वस्त हुने पनि बताए । मानिसहरुको कुरा सुनेर मलाई यस्तो लागेको थियो कि प्रेम गर्नु कुनै अपराध हो, कसैसँग विवाह गर्नु पनि अपराध हो । त्यसपछि मैले सोचेँ कि ट्राई गरौं, हेरौं के हुन्छ ।’

सैफ अली खान र करिना कपुरले सन् २०१२ मा विवाह गरेका थिए । सन् २००४ मा सैफले आफ्नी जेठी श्रीमती अमृतासँग सम्बन्धविच्छेद गरेका थिए ।

https://www.instagram.com/tv/CBAiNXjHuls/

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री