बिहीबार, २० वैशाख २०८१

कोरोनाविरुद्ध लड्न नग्न तस्बिर लिलामी गर्ने जेनिफरको घोषणा

समयपोष्ट २०७७ जेठ २३ गते २१:२५

Advertisement

हलिउड नायिका जेनिफर एनिस्टनले आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छिन् । उक्त तस्विरबाट प्राप्त हुँने रकम उनले आर्थिक रुपमा कमजोर वर्गका लागि निःशुल्क कोरोनाभाइरस परीक्षण र उपचारको सुविधा दिइरहेको संस्थालाई दिने बताएकी छिन् ।

इन्स्टाग्राममा यसको जानकारी दिँदै नायिकाले लेखेकी छिन्, ‘मेरो एक विशेष साथी मार्कले २५ वटा तस्बिर लिलामी गर्ने निर्णय गरेका छन् । यी तस्बिरमध्ये मेरो पनि एउटा तस्बिर छ । मार्कले यो निर्णय कोरोना भाइरसविरुद्धको युद्ध लड्नका लागि गरेका हुन् । यो लिलामीबाट पाउने रकमको पूरा हिस्सा एउटा यस्तो संस्थालाई दिइनेछ जसले आर्थिक रुपमा कमजोर वर्गका लागि निःशुल्क कोरोनाभाइरस परीक्षण र उपचारको सुविधा दिइरहेको छ । तिमीलाई धन्यवाद मार्क, हालका लागि यो तस्बिरको मूल्य ६५ हजार डलर राखिएको छ ।’

जेनिफर एनिस्टनको यो तस्बिर सन् १९९५ को हो, त्यसताका जेनिफर आफ्नो टिभी शो फ्रेन्ड्सका कारण अत्यधिक चर्चामा थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री