शुक्रबार, ४ जेठ २०८१

मितेरी बर्थिङ्ग सेन्टरले काम थाल्यो

समयपोष्ट २०७६ जेठ १६ गते १२:४९


सिञ्जा गाउँपालिका–६ मा स्थापना भएको मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । उक्त गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल, ६ नं वडाका अध्यक्ष कालीबहादुर बुढा र २ नं वडाका अध्यक्ष नवीन शर्माले बुधबार संयुक्त रुपमा उक्त सेन्टर शुभारम्भ गरेका थिए ।

Advertisement

अध्यक्ष रावलले ६ नं वडाका महिला तथा दिदीबहिनीहरुलाई सजह तरिकाले प्रसूति सेवा दिनका लागि बर्थिङ सेन्टर भवन स्थापना गरिएको र यसमा प्राय सबै सुविधा उपलब्ध गराइएको बताए । वडाध्यक्ष बुढाले २२ लाख ६२ हजारको लागतमा उक्त सेन्टर निमार्ण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री