शुक्रबार, ४ जेठ २०८१

आँखा उपचार केन्द्रलाई अक्षयकोष सहयोग

समयपोष्ट २०७६ जेठ १५ गते १४:४१


रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रलाई अक्षयकोष सहयोग प्राप्त भएको छ । रामपुर नगरपालिका–७ बस्ने झपेन्द्र न्यौपानेले छोरा दीपक न्यौपानेको स्मृतिमा रु एक लाख एक सयको रकम अक्षयकोष स्थापना गरिदिएका छन् ।

Advertisement

भारतमा एक वर्षअघि छोराको अल्पायुमा निधन भएको थियो । छोराको सम्झनामा गरीब, दुःखी, विपन्नको उपचारमा सहयोग पुगोस् भनेर अक्षयकोष स्थापना गरेको सहयोगदाता झपेन्द्रले बताए । अक्षयकोष सहयोगदातालाई धन्यवाद दिँदै सो रकम जुन उद्देश्यअनुसार खडा गरिएको हो सोही अनुसार नै गरीब, दुःखी र विपन्न बिरामीको उपचारमा सहयोग गर्ने आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेल बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री