शुक्रबार, ४ जेठ २०८१

घरपालुवा गाईवस्तुमा खोरेत रोग

समयपोष्ट २०७६ जेठ १५ गते ११:२२


सिमकोट गाउँपालिका–२ मा पशुचौपाया बिरामी पर्न थालेका छन । वडा नं २ साविक ठेहेमा यतिबेला गाईवस्तुमा खोरेत, जिब्रेन देखापरेको हुम्लाका स्थानीयवासीले बताएका छन् ।

Advertisement

गाईवस्तुमा खोरेत, जिब्रेन देखा परेपछि वनपाखामा चरीचराउ गर्न लैजान नसकिएको वडा नं २ निवासी जसबहादुर परियारले जानकारी दिए । वडा नं २ मा रहेका गाईवस्तुमा खोरेत, जिब्रेन परेलगत्तै सिमकोट गाउँपालिकामा रोकथामका लागि पशु स्वास्थ्यकर्मी र औषधि पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मी नभएको भनेर फिर्ता गरेको परियारले जानकारी दिए । आफूले सिमकोटमा रहेको पठानेको पशु क्लिनिकबाट एक औषधिको रु २०० तिरेर औषधि लिएको उनले बनाए ।

उता सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी भने यो भन्दा अगाडि पशु स्वास्थ्यकर्मी ठेहेमा पठाइएको भन्दै फेरि पनि पठाउने तयारी गरिरहेको बताए । अहिले ठेहेमा रहेका गाईवस्तुमा एकबाट अर्कोमा सर्दै गएकाले पूरै गाउँका गाईवस्तुले मुखमा र्‍याल, खुट्टा पाक्ने रोग देखापरेको परियारले जानकारी दिए ।

गाउँपालिकाका पशुस्वास्थ्यकर्मी आजभोलि पशुमा देखिएको रोग प्रभावित क्षेत्र डाँडाफयामा उपचार गरिरहेको जानकारी प्राप्त भएको छ । वडा नं ७ मा पनि गाईवस्तुमा डिस्टोकिया रोग देखिएको हुनाले उपचारमा पशु स्वास्थ्यकर्मी खटिएको अधिकृत दर्जीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री