शुक्रबार, ४ जेठ २०८१

स्वास्थ्यचौकी चिकित्सकविहीन

समयपोष्ट २०७६ जेठ १४ गते १५:२८


जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वाथ्य केन्द्रमा चिकित्सक नआएको एक वर्ष बितिसकेको छ । उक्त केन्द्रमा दरबन्दी भए पनि एक वर्षदेखि चिकित्सक नआउँदा स्थानयीवासीलाई उपचार गराउन अन्यत्र जानुपरेको छ ।

Advertisement

उक्त स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक दरबन्दीे छ । चिकित्सक नहुदा डोटीको बासिन्दाले सामान्य तथा जटिल रोगको उपचारका लागि सात घण्टा गाडीमा यात्रा गरी दीपायल, सिलगढी तथा जिल्लाबाहिर जानुपर्ने बाध्यता भएको स्थानीयवासी बमबहादुर बमले बताए । उनले भने, “स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी छ तर उपचार गराउन हामीले जिल्लाबाहिर जानुपर्ने अवस्था छ, हाम्रा दुःख कस्ले बुझिदिने ।”

उक्त स्वास्थ्य केन्द्रमा एक चिकित्सकसहित अन्य १२ कर्मचारीको दरबन्दी रहेकामा हाल १० कर्मचारी कार्यरत छन् । चिकित्सक नभएपछि अन्य कर्मचारी पनि कार्यालयमा नियमित नआउने गरेको स्थानीयवासीको आरोप छ । भौगोलिक विकटताका कारण प्राथमिक स्वास्थ्य चौकीमा चिकित्सक नआउनु उनका लागि सामान्य भएका पनि हाम्रा लागि भने समस्या हँुदै आएको गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए । उनले भने, “विकटताका कारण चिकित्सक आउन मानेका छैनन् तर हामी ल्याउने प्रयासमा छौँ, चाँडै ल्याउनेछौँ ।” उक्त स्वास्थ्य संस्थामा चिकित्सक ल्याउनका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरिरहेको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सूचीकारले बताए ।

विद्यालयमा अक्षयकोष

जिल्लाको केआईसिंह गाउँपालिका वडा नं. ७ का भोजनाथ योगीले गाउँको भूमिराज माध्यमिक बिद्यालयमा रु १ लाख १ हजारको अक्षय कोष स्थापना गरेका छन् । उनले आफ्ना स्वर्गीय बुबा ‘हीरानाथ योगी स्मृति प्रतिष्ठान’का नाममा उक्त कोष स्थापना गरेका हुन् । उक्त विद्यालयमा आयोजित कार्यक्रममा दाता योगीले रु एक लाख एक हजारको चेक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा विद्यालयका अध्यक्ष शान्त बलायर हस्तान्तरण गरे ।

Advertisement

आर्थिक, सामाजिक, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा पछाडि परेका गरीब तथा जेहेन्दार बालबालिकाका पक्षमा सहयोग र वकालत गर्ने, वातावरण संरक्षणका सवालमा सचेतनामूलक कार्यक्रम गर्ने, सामाजिक, आर्थिक हिसाबले विपन्न परिवारका लागि स्वास्थ्यमा पहुँच बढाउन अभिमुखीकरण गर्ने, गरीब विपन्न विद्यार्थीहरुका लागि आयमूलक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, भ्रष्टाचार निर्मूलका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नेलगायत कार्य गर्ने उद्देश्यले आफूले उक्त कोष स्थापना गरेको दाता योगीले बताए ।

मूख्यमन्त्री भट्टले सरकारी विद्यालयप्रति सबैको चासो बढ्नाको सट्टा घटिरहेको अहिलेको अवस्थामा भोजनाथ योगीजस्ता समाजसेवीहरुले विद्यालयमा स्थापना गरेको अक्षयकोषबाट सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रमा योगदान पुग्ने बताए । उनले भने, “निजी क्षेत्रमा लगानी हैन सरकारी विद्यालयमा सहयोग र लगानी गरौँ गरीबका छोरा छोरीको भविष्य बनाऊँ ।”

उक्त क्षेत्रमा समाजसेवीका रुपमा परिचित हिरानाथ योगीको विसं २०७५ माघ २१ गतेका दिन निधन भएको थियो । उनी २०४० देखि २०४३ सालसम्म उक्त विद्यालयकोव्यवस्थापन समिति अध्यक्ष पनि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री