शुक्रबार, ४ जेठ २०८१

अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि खतरनाक

समयपोष्ट २०७६ जेठ १२ गते १२:०९

Advertisement

अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि खतरनाक हुने एक अध्ययनले पुष्टि गरेको छ । चीनमा गरिएको एक अनुसन्धानले धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता बिरामी गराउँने बताइएको छ ।

अध्ययन अनुसार चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइन्छ । धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुन्छ ।

धूपबाट निस्कने धुँवामा म्यूटेजेनीक, जीनोटोक्सीक र साइटोटोक्सीक जस्ता विषालु तत्वहरु हुन्छन् । जसले गर्दा क्यान्सरको जोखिम बढी हुन्छ ।

यसैगरी, उक्त धुँवाले सास नलीमा जलन पनि पैदा गर्छ । यस्तो धुँवा फोक्सोमा अड्किने र इन्फ्लेमेटरी रियाक्शन गर्छ ।

Advertisement

त्यस्तै, धुँवामा भएको खतरनाक केमिकलले डीएनए पनि बदल्न सक्छ । यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दमको समस्यासँगै सास लिन पनि असहज गराउँछ । धूपबाट निस्कने धुँवामा कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो र कपको समस्या पैदा गर्छ ।

यसैगरी, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक मानिन्छ । धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ । भने यसमा भएको हानिकारक केमिकलले आँखा चिलाउने , पोल्ने जस्ता समस्या देखापर्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री