बिहीबार, १५ चैत २०८०

जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि शुरु भएको पदयात्रा सम्पन्न

RSS २०७६ जेठ ४ गते ९:३४

Advertisement

जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सम्पन्न गरिएको छ । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयाक्रा गरिएको यहाँ आयोजित एक कार्यत्रममा जानकारी दिनुभयो ।

एक लाख १७ हजार नागरिकसँग प्रत्यक्ष संवाद, अन्तर्क्रिया र छलफल गर्दै आफूहरुले सामाजिक विभेद नै परिर्वतनको बाधक तत्व भएकाले स्थानीय स्तरबाटै यसको समधानको उपाय खोज्न र कानून कार्यान्वयनमा देखिएका कमीकमजोरी सच्याएर समाजलाई सचेत गराउने काम गरिएको उहाँहरुको भनाइ थियो । पदयात्री दर्नालले आफूहरुले ५४ दिन लामो महाकाली–मेची पदयात्रामा १३२८ किलोमिटर यात्रा गरेको जानकारी दिनुभयो । अर्का पदयात्री आचार्य र परियारले याक्राका त्रममा दलितले भोग्दै आएको पीडाबारे पनि साक्षात्कार गरिएको बताउनुभयो ।

“छुवाछूतसम्बन्धी नीति तथा नियम किताबमा मात्रै सीमित भएकाले त्यसलाई व्यवहारमा लागू गरिनुपर्नेमा जोड दिँदै उहाँहरुले आगामी छ महीनाभित्र जातीय विभेद र छुवाछूत अन्त्यका लागि सामाजिक रुपान्तरणमा लाग्ने र ७५३ स्थानीय निकायकाबाट ५१ सदस्यीय परिर्वतनका लागि संवाहक नामक समिति गठन गरी राष्ट्रिय सञ्जाल निर्माण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री