शुक्रबार, ७ वैशाख २०८१

मन्त्री यादवकै अगाडि नराम्ररी कुटिए उपसचिव, स्वकीय सचिव पनि घाइते

समयपोष्ट २०७६ जेठ १ गते १७:४१

Advertisement

आपूर्ति मन्त्रालयका उपसचिव माथि मन्त्रालय भित्रै हातपात भएको छ ।

कर्मचारी सरुवामा अनियमितता गरेको भन्दै बुधबार मन्त्रालयका उपसचिव प्रेम आचार्यमाथि हातपात भएको हो । कर्मचारी सरुवा गर्दा पैसा खाएकाे भन्दै उनीमाथि हातपात भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवसमेत रहेका आचार्यलाई सात आठ जनाको समूहले कर्मचारी सरुवा गर्दा पैसा खाएकाे भन्दै हातपात गरेका थिए ।

आचार्यसँग भनाभन भएपछि मन्त्री मातृका यादव के काे विवाद भन्दै पुगेका थिए । उनकै अगाडि आचार्यमाथि हातपात भएकाे हाे । मन्त्रीका स्वकीय सचिव सन्ताेष विष्टकाे हातमा पनि चाेट लागेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री