बिहीबार, १३ वैशाख २०८१

शिवम् सिमेन्टको नाफा १२ करोडले बृद्धि

समयपोष्ट २०७६ वैशाख ३० गते १२:२२

Advertisement

शिवम् सिमेन्टले ९ महिनामा १ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिमा कम्पनीको नाफा ९३ करोड ६६ लाख थियो।

कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ छ। प्रतिसेयर नेथवर्थ १९९ रुपैयाँ छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड छ।

दोस्रो बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य केहीदिन यता उच्च दरले बढेको छ। एक साताको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३८८ रुपैयाँबाट बढेर ४५२ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री