मंगलबार, ११ वैशाख २०८१

हनिमुन कै बेला श्रीमानले यौन सम्पर्क गर्न नसकेपछि……

समयपोष्ट २०७६ वैशाख २९ गते १६:०६

Advertisement

आफ्नो श्रीमान नपुंसक भएको भन्दै भारतको नोयडा प्रहरी चौकीमा २५ वर्षकी एक महिलाले श्रीमान विरुद्ध उजुरी दिएकी छिन । उनले आफ्नो पति र घरपरिवारले आफूलाई धोका दिएको आरोप लगाउँदै केश दर्ता गराएकी हुन । उनले उजुरीमा सम्बन्धविच्छेदका साथै बिवाह हुँदा लागेको सम्पूर्ण खर्चसमेत माग दावी गरेकी छिन् ।

विवाहपछि उनीहरु हनीमुनका लागि गोवा गएका बेला श्रीमान नपुसंक भएको थाहा पाईन । श्रीमान शारीरिक सम्बन्धका लागि हिचकिचाउने, नजिक पर्न नखोज्ने हुँनाले उनले बिवाहपछि श्रीमानको साथ र माया पाइनन् । उनले श्रीमानलाई डाक्टरकहाँ लैजान निकै कोशिस गरिन् तर श्रीमानले मानेनन् ।

 

उनका श्रीमान दिनभरि अफिसमा व्यस्त हुन्थे । अफिसबाट राती आउने, आएर पनि बोल्दै नबोली सुत्ने गर्थे । केही समयपछि उनले नाइट शिफ्टमा पनि काम गर्न थाले ।

बिवाहपछि तत्काल आफ्नो श्रीमानको वास्तविकता सबैलाई बताउन सकिनन तर उनको व्यवहार सह्य नभएपछि घर परिवारसँग कुरा गर्दा राम्रो डाक्टरकहाँ लैजाने आश्वाशन पाइन् उनले । उनका श्रीमान झन–झन टाढिदै गए । यो सहन नसकेर उनी माइत गएर बस्न थालिन ।

पछि निकै आँट गरेर उनले प्रहरी चौकीमा उजुरी दिइन । यसको कानुनी प्रक्रिया शुरु भएको छ । नोयडा प्रहरीले दुवै पक्षलाई बोलाएर काउन्सिलिङ गर्ने र यसबाट समस्या समाधान नभए अन्य कानूनी विकल्प खोज्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री