शुक्रबार, २१ वैशाख २०८१

प्रेमिकाको ‘बेबी शावर’को तयारीमा रामपाल, विशेष तयारी गर्दै पूर्वपत्नी मेहर

समयपोष्ट २०७६ वैशाख २३ गते १४:१०

Advertisement

अर्जुन रामपाल प्रेमिकाको बेबी शावरको तयारीमा जुटेका छन् । केही दिनअघि मात्र उनले सामाजिक सञ्जालमा गेब्रिएला गर्भवती भएको खबर सेयर गरेका थिए ।

रामपालकी प्रेमिकाको बेबी शावर कार्यक्रमको सम्पुर्ण जिम्मेवारी पुर्वपत्नी मेहर जेसियाले उठाउने भारतीय मिडियाले जनाएका छन् ।

यस्तो अचम्म कसरी भयो ? तपाईंलाई जिज्ञासा लाग्न सक्छ । वास्तवमा मेहर अर्जुन रामपालसँगको सम्बन्धविच्छेदपछि इभेन्ट प्लानर बनेकी छिन् । त्यसकारण भारतीय मिडियाका अनुसार यो विशेष कार्यक्रमको जिम्मेवारी अर्जुनले उनलाई सुम्पिएका छन् । कार्यक्रम बान्द्रामा आयोजित हुनेछ ।

गत वर्ष अर्जुनको जन्मदिनमा पनि मेहरको कम्पनीले नै साजसज्जाको काम सम्हालेको थियो । प्रेमिका गेब्रिएलाले नै मेहरको कम्पनीसँग सम्पर्क गरेर पार्टीको योजना बनाएकी थिइन् । यो बेबी सावरका सबै व्यवस्था विशेषगरी मेहरले नै मिलाउने भएकी छिन् । मेहरका साथै उनका दुई छोरीलाई अर्जुन तेस्रो पटक पिता बन्न लागेको खबर पहिले नै थाहा थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री