शुक्रबार, २१ वैशाख २०८१

बिरामी परे बिग बी, आँगनमा निस्किन नसकेपछि गरे यस्तो ट्विट

समयपोष्ट २०७६ वैशाख २३ गते ११:२३

Advertisement

अमिताभ बच्चन भारतमा बिग बीको नामले परिचित छन् । भारतमा अमिताभलाई रुचाउनेको जमात ठूलो छ । हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर घरको गेट बाहिर उभिएका हज्जरौं प्रशंसकलाई नमस्कार गरेर हात हल्लाएर भेट गर्छन् । यो करिब १५ देखि २० मिनेटसम्म हुन्छ । तर यो आइतबार यस्तो हुन सकेन । अमिताभले सोसल मिडियामा स्वास्थ्यमा आएको खराबीका कारण आफूले यस्तो गर्न नसकेको जानकारी दिए ।

७६ वर्षीया बच्चन, पछिल्लो ३६ वर्षदेखि हरेक आइतबार जुहुस्थित आफ्नो आवास जलसामा प्रशंसकलाई दर्शन दिन्छन् । उनको यो साप्ताहिक भेट कार्यक्रमको नाम ‘सन्डे दर्शन’ हुन्छ । तर हिजो (२२ बैशाख) मा उनले प्रशंसकलाई आफ्नो दर्शन दिन सकेनन् । आफ्नो ट्वीटर अकाउन्टमा उनले यसबारे जानकारी दिँदै लेखे, ‘आज सन्डे दर्शन गर्ने छैन । तपाईंहरु सबैलाई यो जानकारी दिन चाहन्छु कि स्वास्थ्य खराब छ, चिन्ताको कुनै कुरा छैन, बाहिर मात्र आउन नसक्ने भएको छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री