शुक्रबार, २१ वैशाख २०८१

कट्रिना भन्छिन्: रणवीर कपुरसँग ब्रेकअपपछि सबै भन्दा खराब समय बिताए

समयपोष्ट २०७६ वैशाख १८ गते १२:०९

Advertisement

बलिउड नायिका कट्रिना कैफले रणवीर कपुरसँगको ब्रेकअपबारे कुरा गरेकी छिन् ।

एक अन्तरवार्तामा रणवीरसँगको ब्रेकअपको विषयमा कट्रिनाले भनेकी छिन, ‘नयाँ बाटोमा पुग्न पुरानो बाटो छोड्नैपर्छ । हाम्रो बीच जे भयो, त्यसमा मेरो कारणको जिम्मेवारी म लिन्छु । मैले के गर्न सक्थेँ वा मेरो तर्फबाट के कमी भयो त्यसको भागीदार म हो । तर, दोस्रो ब्यक्तिको म जिम्मा लिन सक्दिनँ ।’

कट्रिनाले रणवीरसँगको ब्रेकअपपछिको सबै भन्दा खराब समय बिताइरहँदा आफ्नो आमाले साथ दिएको पनि बताएकी छिन् । उनले भनेकी छिन, ‘मलाई आमाले जे मलाई भइरहेको छ त्यो धेरैलाई हुन्छ भन्नुभएको थियो । म जस्ता धेरै छन् भन्ने कुराले मलाई शक्ती दियो ।’ कट्रिनाले रणवीरसँगको ब्रेकअपपछि पनि खुसीसाथ जीवन बिताइरहेको बताएकी छिन् ।

कट्रिना अहिले आफ्नो नयाँ चलचित्र ‘भारत’को रिलिज पर्खाइमा छिन् । यो चलचित्रमा सलमान खानसँग उनले पर्दा शेयर गरेकी छिन् । हाल कट्रिना अक्षय कुमारसँग चलचित्र ‘सुर्यवंशी’मा पनि काम गरिरहेकी छिन् ।

Advertisement

‘अजिब प्रेमकी गजब कहानी’को सेटबाट सुरु भएको उनीहरुको प्रेम ‘जग्गा जासुस’ चलचित्र रिलिज पछि टुटेको थियो । रणबीर कपुर हाल आलिया भट्टसंग प्रेम सम्बन्धमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री