शुक्रबार, ७ वैशाख २०८१

ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा अब कालीकोटमा पनि

समयपोष्ट २०७४ जेठ १० गते ६:१३

ग्लोबल आइएमई बैंकले कालीकोटमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले  सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कालीकोटको खाँडाचक्र नगरपालीका वडा नं २ मा सेवा सुरु गरेको हो । 

Advertisement

बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा उपलब्ध हुँने बैंकले जनाएको छ । 

बैंकले हालसम्म ३ वटा एक्सटेन्सन काउण्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा सञ्चालनमा ल्याएको छ ।  बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

कालीकोटमा सुरु गरिएको सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४६ पुगेको  बैंकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री