शुक्रबार, १४ वैशाख २०८१

सरकारले टुंगो लगायो नेपालको राष्ट्रिय खेल ,थाहा पाउँनुहोस् कुन ?

समयपोष्ट २०७४ जेठ ९ गते ८:१७

सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । मन्त्रिपरिषदको  सोमबार साँझ बसेको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो ।

Advertisement

राष्ट्रिय खेलका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो । सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने ,थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल राष्ट्रिय खेल हुनुपर्ने माग नेपाल भलिबल एशोसियसनले सुरुदेखि नै गर्दै आएको थियो ।

डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गरेपनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेल अहिलेसम्म टुंगो लागेको थिएन ।

नेपाल भलिबल एशोसियसन राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका खेल संघहरुमध्ये निक्कै सक्रिय थोरै संघहरुमा पर्छ । बार्षिक क्यालेण्डर बनाएर ब्यवस्थित रुपमा नेपाल भलिबल संघ सक्रिय छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री