शुक्रबार, १४ वैशाख २०८१

पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको छ : प्रधानमन्त्री

समयपोष्ट २०७४ जेठ ८ गते ६:१२

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको बताएका छन् । सोमबार बिहान गृह मन्त्रालयमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले भने, ‘पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको छ ।'
प्रधानमन्त्री दाहालले सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहेको बताउँर्दैै निर्वाचन सम्पन्न गरेर देशलाई राजनीतिक स्थीरता र समृद्धिको बाटोमा लैजान सरकार गम्भीर रहेको प्रष्ट पारे ।

Advertisement

बैठकमा प्रधानमन्त्री दाहालले जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा भव्य रुपमा सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै भने, ‘गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन हो । यसलाई हामीले औपचारिकता भन्दा माथि उठेर जनताको सहभागितामा मनाउनु पर्दछ । गणतन्त्र दिवसबारे जति पनि सुझाव आएका छन्, तिनलाई समेटेर यसलाई भव्य रुपमा मनाऔं ।’

x

प्रतिक्रिया

सम्बन्धित सामाग्री