शुक्रबार, १४ वैशाख २०८१

दिगो विकासका लागि संयुक्त राष्ट्रसंघ र यति एयरलायन्सले साझेदारी गर्ने

समयपोष्ट २०७४ जेठ ५ गते ५:४५

नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवर्द्धन गर्न यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यलयले नयाँ साझेदारीको सुरुवात गरेका छन ।

Advertisement

ललितपुरको पुल्चोकस्थित युएन हाउसमा भएको समझदारीपत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरे ।

यस सहकार्य अन्र्तगत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्यसम्बन्धी जनचेतना जगाउने छ भने आवश्यक सरोकारवालाहरुको परिचालन साथै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन । 

यो सहकार्यले वातावरण परिवर्तन अनुकुलन, गरिबी न्युनीकरण र लैंगिक समानता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडेलको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ ।

एसडिजी भनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य एवम् समतामुलक, न्यायसंगत र सुरक्षित विश्व निर्माणका लागि तयार पारिएको साहासिक एवम् विश्व व्यापी दस्तावेज हो ।

नेपाललगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमा अवलम्बन गरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्वव्यापी लक्ष्य हासिल गर्ने निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री