शनिबार, ८ वैशाख २०८१

एनआईसी एशिया बैंकको एकै पटक नौं शाखा थपियो , देशभर बैंकका शाखा सञ्जाल कति ?

समयपोष्ट २०७४ जेठ ४ गते ५:३६

एनआईसी एशिया बैंकले नौं स्थानमा एकै पटक शाखा विस्तार गरेको छ । बुधबार बैंकले शाखा विस्तार गरेसंगै बैंकको शाखा संख्या १०७ पुगेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले बैंकको सौफर्साटिकरस्थित शाखाको उद्घाटन गरेका छन् । 

Advertisement

यसैगरी धकधई स्थित शाखा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद शर्मा, भुमहीको भिमबहादुर थापा (भरत), बाँसगढीको नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयका निर्देशक गुरुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । 

त्यस्तै पर्सा शाखाको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले, टाँडीको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुराल, दुलेगौडाको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित,  हाकिम चोकको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले उद्घाटन गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री