बुधबार, १२ वैशाख २०८१

जहाँ राम्रो भाग्यको लागि बच्चाहरुलाई उचाईबाट फ्याक्ने गरिन्छ 

समयपोष्ट २०७४ जेठ ३ गते ९:०७

संसारमा कर्यौ यस्ता स्थानहरु छन् जहाँको परम्पराको विषयमा निकै रोचक कुराहरु सुन्न पाईन्छ । कतै मृत्यु पछि मृतकको शरीरलाई टुक्रा टुक्रा पारेर खुल्ला स्थानमा छरिन्छ भने कतै साना बच्चाहरुलाई उचाईबाट जमिनमा फ्याक्ने गरिन्छ । यस्तै परम्पराहरु भएका स्थानहरु मध्ये एक हो तिब्बतको किंगघई र मंगोलिया ।

Advertisement

यि दुई स्थानमा मृत शरीरलाई आफन्तको उपस्थितीमा  टुक्रा टुक्रा पारिन्छ । टुक्रा पारेको शवलाई  खुल्ला आकाश मुनी गिद्धको आहारका लागि छोडिन्छ । यो परम्परा किंगघई र मंगोलियाका बासिन्दाको लागि सामान्य हो ।

dfयसो गर्नाले मृतको आत्मा स्वर्गमा पुग्ने त्यहाँका स्थानियको विश्वास छ । तिब्बत र मंगोलियाका प्राय जसो मानिसहरु बज्रायान बौद्ध धर्म मान्ने गर्छन् जसमा आत्माले शरीर फेर्ने कुरा बताईएको छ । 
त्यस्तै भारतको कर्नाटक सहित अन्य स्थानमा बच्चाहरुलाई कपडामा बेरी पचास फिट माथिबाट फ्याक्ने गरिन्छ । पाँच सय बर्ष पुरानो यो परम्परालाई निरन्तरता दिदा बच्चाहरुको भाग्य राम्रो हुँने जनविश्वास छ । यो परम्परा त्यहाँका हिन्दु र मुसलमान दुवैले निभाउँने गर्दछन् । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री