शनिबार, १५ वैशाख २०८१

सनराईज बैंकको हकप्रद जेठ १६ गतेदेखि खुल्ने

समयपोष्ट २०७४ जेठ ३ गते ७:३८

सनराईज बैंक लिमिटेडले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ १६ गतेदेखि ३० प्रतिशत बराबरको १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । 

Advertisement

कम्पनीले  हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई तोकेको छ ।

बैशाख २८ गते विहीबारसम्म बैंकको सेयरमा स्वामित्व कायम गरेका सेयरधनीले असार १९ गतेसम्म प्रभु क्यापिटल लिमिटेड कमलादी तथा सनराईज बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको बैंकको ३० प्रतिशत हकप्रद बिक्री पश्चात चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री