शनिबार, १५ वैशाख २०८१

स्ट्याण्डर्डको एफपीओ नेप्सेमा सूचिकृत,अर्को साताबाट कारोबार सुरु हुँने

समयपोष्ट २०७४ जेठ ३ गते ७:२४

स्ट्याण्डर्ड चाटर्ड बैंकले एफपीओबाट बिक्री गरेको २५ लाख ५८ हजार एक सय ४० कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ ।  कम्पनीले  मंगलबार नयाँ साधारण सेयर नेप्सेमा सूचिकृत गर्दै अर्को साताबाट सेयर कारोबार हुने जानकारी दिएको छ ।  

Advertisement

कम्पनीले गत चैत १ देखि ४ गतेसम्म फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले एफपीओ बिक्री गरेको थियो ।

बैंकको एफपीओमा १४० कित्तासम्म आवेदन गर्नेले गोलाप्रथाबाट दश कित्ताका दरले सेयर पाएका थिए । त्यसभन्दा माथि १५० र १६० कित्ताका आवेदकलाई दश कित्ताका दरले सेयर वितरण गरिएको थियो भने १७० कित्तादेखि बढी आवेदन गर्नेलाई ६.३८ प्रतिशतका दरले सेयर वितरण गरिएको थियो ।

एफपीओको विक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५७ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री