बिहीबार, १५ चैत २०८०

जनता बैंकले हकप्रदको भारी नबोकाउने, सिद्धार्थलाई प्राप्तिपछि चुक्ता पुँजी पुग्ने

समयपोष्ट २०७४ वैशाख २७ गते १०:४८

जनता बैंक नेपालले आफ्ना सेयरधनीहरुलाई हकप्रदको भारी नबोकाउने प्रस्ताव गरेको छ ।  जनता बैंकले गत साधारणसभावाट पारित भएको ६० प्रतिशत हकप्रद रद्द गरेको छ । सिद्धार्थ विकास बैंकलाई प्राप्तिपछि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुग्ने भन्दै हकप्रद जारी नगर्ने भएको हो । 
बैंकले यसअघि त्रिवेणाी विकास बैंकलाई मर्ज गरेर कायम हुने चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद जारी गर्ने निर्णय लिएको थियो । अहिले बैंकले आगामी जेठ १३ गते साधारणसभा वोलाएको छ ।
राष्ट्र बैंकले वािणज्य बैंकहरुलाई आगामी असार मसान्तभित्र ८ अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने वाध्यकारी व्यवस्था गरेको छ । सोही कारण अहिले बैंक तथा वित्तिय संस्थाले धमाधम वोनस सेयर, हकप्रद जारी गरिरहेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री