शुक्रबार, ७ वैशाख २०८१

स्टाण्डर्ड चार्टर्डको एफपिओ बाँडफाँड,१४० कित्तासम्ममा गोलाप्रथा, कसले कति पाए ?

समयपोष्ट २०७४ वैशाख २५ गते ११:३४

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बिक्री गरेको थप नयाँ साधारण सेयर (एफपिओ) बाँडफाँड भएको छ। बैंकको सेयरमा १४० कित्तासम्म आवेदनदिनेलाई गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। उनीहरुले १० कित्ता सेयर पाएका छन्। 

Advertisement

सोमबार साँझ बाँडफाँडमा १५० र १६० कित्ताका आवेदकलाई दश कित्ताका दरले सेयर वितरण गरिएको छ भने  १७० कित्तादेखि बढी आवेदन गर्नेलाई ६।३८ प्रतिशतका दरले सेयर वितरण गरिएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।  १७० कित्ता आवेदन गर्नेले ११ कित्ता तथा सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन गर्नेले १६३० कित्ता सेयर पाएका छन। क्यापिटलका अनुसार ९९ जना आवेदकले १६३० कित्ताका दरले सेयर पाएका छन । कम्पनीले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर बिक्री खुला गरेकोमा ११।४ गुणा बढी आवेदन परेको थियो । कुल आवेदकमध्ये २४ प्रतिशत आवेदकले मात्र बैंकको सेयर पाएका छन ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ११९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२९० रुपैयाँका दरले सेयर जारी गरेको थियो। बैंकले कुल २५ लाख ५८ हजार १४० कित्ता सेयर निस्कासन गरेको थियो। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री