बुधबार, १२ वैशाख २०८१

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी

समयपोष्ट २०७४ वैशाख १८ गते ६:३८

 बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन कार्यान्वयनमा आएपछि माछापुच्छ्रे बैंकका सञ्चालक समितिका अध्यक्ष बिरेन्द्र प्रसाद महतोले राजिनामा दिएका छन्। सांसदलाई बैंक अध्यक्ष बन्न रोकपछि महतोले राजिनामा दिएका हुन्।

Advertisement

महतोले राजिनामा दिएपछि विहिवारको सञ्चालक समिति बैठकले रोशन के.सीलाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको छ। 

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐनले संवैधानिक पद धारण गरेको व्यक्ति त्यस्तो पदमा बहाल रहुन्जेल बैंक वा वित्तीय संस्थाको संचालक समितिमा बस्न नसक्ने व्यवस्था गरेका कारण बैंकको संचालक समितिका अध्यक्ष महतोले पदबाट राजिनामा दिएको बैंकले जारी प्रेस विज्ञप्तिमा छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री