नाडाले भन्यो – बजेट अटोमोवाइल व्यवसायमैत्री
आर्थिक वर्ष २०८२/०८३ को बजेटप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सकारात्मक प्रतिक्रिया जनाएको छ। अटोमोवाइल क्षेत्रका माग र सुझावलाई सम्बोधन गर्ने खालको बजेट आएको नाडाको निष्कर्ष छ।
नाडाले विभिन्न मितिमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा विभागहरूमा अटोमोवाइल क्षेत्रको सुधारका लागि नीतिगत सुझावहरू प्रस्तुत गरेको थियो। ती सुझावहरूलाई सम्बोधन गर्दै सरकारले ल्याएको बजेट अटोमोवाइल व्यवसायमैत्री देखिएको नाडाको धारणा छ।
संघका अनुसार यो बजेटले लामो समयदेखि उठाइएका व्यवसायीक मागहरूलाई समेट्नुका साथै उद्यमी र व्यवसायीहरूलाई उत्साहित बनाउने खालको नीति समेटेको छ। यसले नेपालको अटोमोवाइल व्यवसायलाई मात्र होइन, समग्र अर्थतन्त्रलाई समेत चलायमान बनाउने विश्वास नाडाले व्यक्त गरेको छ।
अब आउने मौद्रिक नीतिले पनि यही धारणा अनुरूप व्यवसायलाई थप सहज र प्रोत्साहन गर्ने खालको हुने अपेक्षा नाडाले गरेको छ।
प्रतिक्रिया